लेख विवरण

एसीसी मेन्स यू-१९ प्रिमियर कपमा नेपालद्धारा हङकङ सामु २ सय ७१ रनको लक्ष्य

एसीसी मेन्स यू-१९ प्रिमियर कपमा नेपालद्धारा हङकङ सामु २ सय ७१ रनको लक्ष्य

काठमाडौं। युएईमा जारी एसीसी मेन्स यू-१९ प्रिमियर कपमा नेपालले हङकङलाई २ सय ७१ रनको लक्ष्य दिएको छ। अजमानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ७० रन बनायो। टोलीका लागि कप्तान अशोक धामीले सर्वाधिक ७३ रनको पारी खेले। ५१ बलको सामना गर्ने क्रममा धामीले ३ चौंका र ४ छक्का प्रहार गरे। त्यस्तै दर्श सोनारले अविजित ४५ रन बनाए।

नेपालका लागि अन्य खेलाडीहरुमा दिलसाद अली (३२), चिवरिन श्रेष्ठ (२५), वंश क्षेत्री (२४), निरज कुमार यादव (२२), रोशन विश्वकर्मा (२१) र निश्चल क्षेत्रीले (३) रन बनाए।

हङकङका लागि बलिङमा ड्यानेल माप र अभिमन्यु गनेसनले समान २-२ विकेट लिए। प्रित के मनगुकीया र अफताब हुसैनले १-१ विकेट लिए।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा हङकङले अहिले ब्याटिङ गरिरहेको छ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले साउदी अरबियालाई ८ विकेटले पराजित गरेको थियो।

नेपाल सहित १३ टोली सहभागि प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले अगामी डिसेम्बर १२ देखी २१ सम्म युएईमा आयोजना हुने एसीसी यु-१९ एसिया कप खेल्नेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.