लेख विवरण

भारत–नेपाल क्रिकेट सिरिजमा सहभागी हुन नेपाली टोली हरियाणा जाने

भारत–नेपाल क्रिकेट सिरिजमा सहभागी हुन नेपाली टोली हरियाणा जाने

काठमाडौं, मंसिर १२ गते ।

भारत–नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ ।

खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी रहेका छन् ।

अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्पा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेपकी सदस्य अन्जना श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.