लेख विवरण

तिलिचोमा रेस्लिङ्ग महाभिडन्त

तिलिचोमा रेस्लिङ्ग महाभिडन्त

काठमाडौं, मंसिर १२ गते ।

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा मनाङ्ग जिल्लाको मनाङ्ग ङिस्याङ्ग गाउँपालिका वडा नं. ०९ मा संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी हरुको उपस्थितिमा २ वटा रेस्लिङ्ग महाभिडन्त सम्पन्न भयो । पहिलो खेलमा नेपालको तर्फबाट रेस्लर भगवती खड्का (युनिका), अस्मिता (जुरेली) र अमेरिकी खेलाडी Camille collettee Ligon (Holided) बिच खेल भएको थियो सो खेलमा नेपालको तर्फबाट भगवती खड्का (युनिका) र अस्मिता जुरेलिले बिजयी सुनिश्चित गरेका थिए र संसारको अग्लो स्थानमा रहेको तिलिचो तालमा रेस्लिङ्ग महाभिडन्तमा बिजयी सुनिश्चित गरे । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सो महाभिडन्त गरिएको आयोजकले जनाएको छ ।

रेफ्रीको भुमिकामा सिन्धुपाल्चोक टाइगर उपनामले चिनिने कृष्ण मगरले गरेका थिए । दोश्रो खेलमा नेपाली खेलाडी सिन्धुपाल्चोक टाइगर कृष्ण मगर र लोकु सिङ्ग बिच खेल सम्पन्न भएको थियो यस खेलमा सिन्धुपाल्चोक टाइगर कृष्ण मगरले बिजयी भए । यस खेलमा नेपालकै चर्चित रेस्लिङ्ग खेलाडी अस्मिता जुरेलिले गरेकी थिइन् । यस खेलमा औपचारिक रूपमा रेस्लिङ फाउन्डेसनको अध्यक्ष भगवती खड्का (युनिका) ले अध्यक्षता गर्नु भएको थियो । मनाङ्ग ङिस्याङ्ग गाउँ पालिका अध्यक्ष कान्छा घलेले प्रमुख अतिथिको रूपमा आसन गर्नु भएको थियो । विशेष अतिथिको रूपमा मनाङ्ग जिल्ला प्रमुख जिल्ला अधिकारी नबराज पौडेलले गर्नुभएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.