लेख विवरण

एनपीएल : चितवनलाई काठमाडाकौं १४३ रनको लक्ष्य

एनपीएल : चितवनलाई काठमाडाकौं १४३ रनको लक्ष्य

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १४२ रन जोडेको हो ।

चितवनले काठमाडौंलाई १९.४ ओभरको खेलमा नै अलआउट गरेको थियो । चितनका कमलसिंह ऐरीले अन्तिम विकेट लिएका थिए ।

चार खेल खेलिसकेको काठमाडौं र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ । चितवन टिमको

नेतृत्व कुशल मल्लको सम्हालेका छन् भने काठमाडौंका कप्तान करण केसीले सम्हालेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.