लेख विवरण

एनपीएल : काठमान्डुसँग चितवन ५३ रनले पराजित

एनपीएल : काठमान्डुसँग चितवन ५३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्टिूय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो ।

काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउट भयो ।

चितवनका लागि देव खनाले २१ रन,रवि बोपाराले २१ रन र सोहेल तनवीरले १८ रन जोडे ।

त्यस्तैगरी काठमान्डुका लागि रसिद खानले ३ तथा कप्तान करण केसी, मिलिन्द कुमार र दीपेश कँडेलले दुई-दुई तथा सन्तोष यादवले १ विकेट लिएका थिए ।

चार वटा खेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ ।

काठमान्डुले भने ३ खेल जितेको छ र २ खेल हारको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.