लेख विवरण

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल यू-१९ एसिया कपमा छनोट

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल यू-१९ एसिया कपमा छनोट

काठमाडौं। एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत सेमिफाएनल खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै यू-१९ एसिया कपमा छनोट भएको छ। युएईको अजमान क्रिकेट मैदान टस हारेर ब्याटिङ गरेको मलेसियाले नेपाललाई ५२ रनको समान्य लक्ष्य दिएको थियो। नेपालको कसिलो बलिङ सामु मलेसियाले १७.२ ओभरमा ५१ रन बनाउदै अलआउट भयो। नेपालका लागि बलिङमा नितेश कुमार पटेलले ८ ओभरमा २ मेडन सहित २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै चन्दन रामले ५ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ३ विकेट लिए। अपरिजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले समान १-१ विकेट लिए।

मलेसियाले दिइको ५२ रनको लक्ष्य पछ्याउने क्रममा ७.५ ओभरमा १ विकेट गुमाउदै ५५ रन बनायो। टोलीको जितमा वंश क्षेत्री (२३) र निश्चल क्षेत्री (१५) रनमा अविजित रहे। निरज कुमार यादव ४ रन बनाएर आउट भए। मलेसियाका लागि बलिङमा एक मात्र विकेट मोहम्मद अकरमले लिए।

जितसँगै नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। फाइनलमा नेपाललले दोस्रो सेमिफाइनल खेल युएई र ओमानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टोलीले एसीसी यू-१९ एसिया कपमा प्रतिस्पर्धा गर्नेछ।

एसीसी यू-१९ एसिया कप डिसेम्बर १२ देखी २१ सम्म यूएईमा आयोजन हुनेछ। प्रतियोगितामा एसीसी यू-१९ प्रिमियर कपबाट छनोट भएका ३ टोली लगायत टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बङलादेश, श्रीलंका र अफगानीस्तानले प्रतिस्पर्धा गर्नेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.