लेख विवरण

चौथो मेयर रनिङ सिल्ड सुरु

चौथो मेयर रनिङ सिल्ड सुरु

काठमाडौं, मंसिर १३ गते ।
तार्केश्वर नगरापालिकाको आयोजनामा चौथो मेयर रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको  तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे ।

फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, उसु, तेक्वान्दो, बास्केबटल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ । ६४ विद्यालयका २ हजार ६ सय ८२ खेलाडी सहभागी छन् ।

समग्रमा टिम च्याम्पियनले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुनेले ४० रुपैयाँ नगद पुरस्कार पाउने तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष एंव प्रतियोगिता सह–संयोजक विक्रम खड्गीले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.