अन्डर–१९ एसिया कपका लागि भारतीय टोली घोषणा, आयुष म्हात्रे कप्तान
काठमाडौंँ। आगामी अन्डर–१९ एसिया कपका लागि भारतले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ। शुक्रबार सार्वजनिक टिमको कप्तानी आयुष म्हात्रेलाई दिइएको छ भने विहान मल्होत्रा उपकप्तान रहेका छन्।
प्रतियोगिता अन्तर्गत भारतले पहिलो खेल डिसेम्बर १२ मा क्वालिफायर–१ सँग खेल्नेछ। सोही दिनदेखि नै प्रतियोगिताको सुरुवात हुनेछ। टिम इन्डिया समूह ‘ए’ मा पर्दछ भने डिसेम्बर १४ मा चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग भिड्नेछ। प्रतियोगिताको फाइनल डिसेम्बर २१ मा खेलिनेछ।
भारतीय अन्डर–19 टिम
-
आयुष म्हात्रे (कप्तान)
-
वैभव सूर्यवंशी
-
विहान मल्होत्रा (उपकप्तान)
-
वेदान्त त्रिवेदी
-
अभिज्ञान कुन्दु (विकेटकिपर)
-
हरवंश सिंह
-
युवराज गोहिल
-
कनिष्क चौहान
-
खिलान ए. पटेल
-
नमन पुष्पक
-
डी. दीपेंश
-
हेनिल पटेल
-
किशन कुमार सिंह
-
उद्भव मोहन
-
एरोन जर्ज
स्ट्यान्ड–बाई: राहुल कुमार, हेमचौदेशन, बीके किशोर, आदित्य रावत

टिप्पणी लेख्नुहोस्