लेख विवरण

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल : हेम्स र मार्वलस फाइनलमा

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल : हेम्स र मार्वलस फाइनलमा

काठमाडौं, मंसिर १२ गते ।
हेम्स र मार्वलस १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

हेम्सले चैतन्यलाई ५८–२४ ले पराजित ग¥यो । हेम्सको जितमा आशुतोष यादवले १७ अंक योगदान गरे । सिनेप शाहीको १२ अंक सहयोगमा मार्वलसले एभरेष्ट फ्लोरिडालाई ४८–४३ ले हरायो ।

सिनियर गल्र्समा काठमाडौं जेभियर्स पब्लिक स्कुलले श्रृजनशीललाई १९–६ तथा काठमाडौं इङलिस स्कुल (केइएस) ले इनोभेटिभलाई २४–२२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ६ तथा केइएसकी रिधिमा राणाले १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा सनसाइनले स्पाङगललाई १८–८ तथा केइएसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २५–१३ ले पन्छ्याउदै फाइनलमा स्थान बनाए । सनसाइनका प्रशान्त ओलीले ८ तथा केइएसका आयुश तिमिल्सिनाले १२ अंक जोडे । फाइनल शनिबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.