लेख विवरण

पहिलो वनडेमा भारतद्धारा दक्षिण अफ्रिकालाई ३ सय ५० रनको लक्ष्य

पहिलो वनडेमा भारतद्धारा दक्षिण अफ्रिकालाई ३ सय ५० रनको लक्ष्य

काठमाडौं । भारतले राँचीस्थित JSCA स्टेडियममा पहिलो वनडेमा दक्षिण अफ्रिकालाई 350 रनको विशाल लक्ष्य दिएको छ। जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाले 37 ओभरसम्म 7 विकेट गुमाएर 248 रन बनाइसकेको छ। हाल क्रीजमा कोर्बिन बोश र प्रनेलन सुब्रायन खेलिरहेका छन्।

भारतका स्पिनर कुलदीप यादवले 34औँ ओभरमै दुई महत्वपूर्ण विकेट लिँदै दक्षिण अफ्रिकाको रन गति रोक्ने काम गरे। उनले पहिलो बलमै मार्को यानसनलाई (70) र तेस्रो बलमा मैथ्यू ब्रीट्जकीलाई (72) आउट गर्दै दुईवटै अर्धशतकीय साझेदारी तोडे। उनले यसअघि टोनी डी जॉर्जी (39) लाई पनि पभेलियन फर्काएका थिए।

बलिङतर्फ भारतका हर्षित राणाले डेवाल्ड ब्रेविस (37), रायन रिकेल्टन (0) र क्विन्टन डी कक (0) लाई आउट गर्दै उत्कृष्ट प्रदर्शन गरे। कप्तान ऐडन मार्करम (7) लाई भने अर्शदीप सिंहले आउट गराए।

यसअघि टस जितेर बलिङ रोजेको दक्षिण अफ्रिकाविरुद्ध भारतले 8 विकेट गुमाएर 349 रनको बलियो स्कोर बनायो। भारतका तर्फबाट विराट कोहलीले शानदार शतक प्रहार गर्दै 135 रनको पारी खेले। रोहित शर्माले 57 र केएल राहुलले 60 रन जोडे।

वनडेमा विराट कोहलीको नयाँ कीर्तिमान

विराट कोहलीले आफ्नो वनडे करियरको 52औँ शतक प्रहार गर्दै एकै फर्म्याटमा सबैभन्दा धेरै शतक बनाउने खेलाडी बनेका छन्। उनले सचिन तेन्दुलकरको टेस्ट क्रिकेटमा रहेको 51 शतकको रेकर्ड तोडे।

यस्तै, रोहित शर्माले 20औँ ओभरमा मार्को यानसनको बलमा छक्का प्रहार गर्दै वनडे क्रिकेटमा सबैभन्दा धेरै छक्का हान्ने विश्व कीर्तिमान बनाएका छन्। उनले पाकिस्तानका शाहिद अफरीदी (351 छक्का) को रेकर्ड तोडे।

दुवै टिमको प्लेइङ–11

भारत:
रोहित शर्मा, यशस्वी जायसवाल, विराट कोहली, ऋतुराज गायकवाड, केएल राहुल (कप्तान/विकेटकिपर), वाशिंगटन सुंदर, रवीन्द्र जडेजा, हर्षित राणा, कुलदीप यादव, अर्शदीप सिंह, प्रसिद्ध कृष्णा।

दक्षिण अफ्रिका:
रायन रिकेल्टन, क्विन्टन डी कक, ऐडन मार्करम (कप्तान), मैथ्यू ब्रीट्जकी, टोनी डी जॉर्जी, डेवाल्ड ब्रेविस, मार्को यानसन, कोर्बिन बोश, प्रनेलन सुब्रायन, नांद्रे बर्गर, ओटनिल बार्टमैन।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.