लेख विवरण

नेपाल फुटबल खेलाडी संघको आग्रह : सहिद स्मारक ए–डिभिजन लिग यो वर्ष नै गर्नुपर्ने, आन्दोलन यथावत

नेपाल फुटबल खेलाडी संघको आग्रह : सहिद स्मारक ए–डिभिजन लिग यो वर्ष नै गर्नुपर्ने, आन्दोलन यथावत

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले झन्डै तीन वर्षदेखि स्थगित सहिद स्मारक ए–डिभिजन लिग यही वर्ष सञ्चालन गर्नुपर्ने मागसहित सुरु गरिएको आन्दोलन यथावत रहने स्पष्ट पारेको छ। खेलाडी संघका अनुसार लिग र अन्य सबै तहका प्रतियोगिताको सुनिश्चितताका लागि गरिएको आन्दोलन निरन्तर चलिरहनेछ।

खेलकुद मन्त्री बब्लु गुप्तासँग अखिल नेपाल फुटबल संघ (एन्फा), ए–डिभिजन क्लब र खेलाडी संघका प्रतिनिधिहरूबीच छुट्टाछुट्टै तथा संयुक्त रूपमा भएका छलफलहरूमा ए–डिभिजन लिग यही वर्ष सुरु गर्ने सहमति भइसकेको खेलाडी संघले जनाएको छ। पछिल्ला पटक–पटक भएका बैठकहरूले पनि सो सहमतिलाई पुनः पुष्टि गरिसकेको संघको भनाइ छ।

खेलाडी संघका अनुसार अब बस्न लागेको एन्फा कार्यसमितिको बैठकबाट लिग मिति औपचारिक रूपमा घोषणाको तयारी भइरहेको छ। यसलाई शीघ्र टुंगोमा पुर्‍याउन एन्फा नेतृत्वलाई संघले आग्रह गरेको छ।

“माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ”

फुटबल खेलाडी संघले आफ्नो न्यूनतम माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै यसै वर्ष ए–डिभिजन लिग नहुने कुनै पनि निर्णय आफूहरूका लागि कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएको छ।

संघले एन्फा र क्लबबीच सहमति भइसकेको राष्ट्रिय लिग सञ्चालनमा आफूहरू बाधक नबन्ने भए पनि, सबै तहका लिग—विशेषगरी ए–डिभिजन लिग—को पूर्ण सुनिश्चितता आवश्यक रहेको जोड दिएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.