लेख विवरण

इंटर मियामी पहिलोपटक एमएलएस कपको फाइनलमा

इंटर मियामी पहिलोपटक एमएलएस कपको फाइनलमा

काठमाडौं। इंटर मियामीले आफ्नो क्लब इतिहासमै पहिलोपटक मेजर लिग साकर (MLS) कपको फाइनलमा स्थान बनाएको छ। लियोनेल मेसीको नेतृत्वमा टोलीले शनिबार भएको ईस्टर्न कन्फरेन्स फाइनलमा न्यूयोर्क सिटी एफसीलाई 5–1 को फराकिलो अन्तरले पराजित गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने अवसर पक्का गरेको हो।

यो महत्वपूर्ण जितमा अर्जेन्टिनाका युवा स्टार तदेओ अलेंदेले उत्कृष्ट प्रदर्शन गरे। उत्कृष्ट फर्ममा देखिएका अलेंदेले ह्याट्रिक गर्दै टोलीको जितमा सबैभन्दा ठूलो भूमिका खेले। त्यसैगरी मातेओ सिल्भेत्ती र टेलास्को सेगोभियाले एक–एक गोल गर्दै स्कोरलाइनमा योगदान गरे।

प्रतियोगिता हेर्न विश्व नम्बर–१ टेनिस खेलाडी कार्लोस अल्काराज पनि स्टेडियम पुगेका थिए, जसले खेलको वातावरणलाई अझ रोमाञ्चक बनायो।

आठ पटकका ‘ब्यालन डी’ओर’ विजेता लियोनेल मेसीले यस खेलमा आफ्नो व्यक्तिगत उपलब्धिमा अर्को नयाँ अध्याय जोडे। क्लब र राष्ट्रिय टोली गरी अब मेसीका कुल 405 असिस्ट पुगेका छन्, जुन विश्व फुटबलमा कुनै पनि खेलाडीले पुर्‍याएको सबैभन्दा उच्च संख्या हो।

एमएलएस इतिहासमा सबैभन्दा सफल क्लब एलए ग्यालेक्सी हो, जसले 2024 सम्म आइपुग्दा कुल छ पटक MLS कप जितिसकेको छ। दोस्रो स्थानमा डीसी युनाइटेड छ, जसले चार उपाधि जितेको छ। कोलम्बस क्रूले तीन पटक शीर्षस्थान हातपारेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.