लेख विवरण

नेपाल र युएई यु–१९ प्रिमियर कपको फाइनलमा भिड्ने

नेपाल र युएई यु–१९ प्रिमियर कपको फाइनलमा भिड्ने

काठमाडौँ, मङ्सिर १४ गते – संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि विजेताका लागि नेपाल र आयोजक युएई आज भिड्ने भएका छन्। फाइनल खेल अजमानस्थित करवान मैदानमा बिहान १०ः३० बजे सुरु हुनेछ।

नेपालले सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ। आयोजक युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै उपाधिको प्रतिष्पर्धामा प्रवेश गरेको हो।

प्रतियोगितामा फाइनलमा पुगेका दुवै टोली सिधै आगामी यु१९ एसिया कपका लागि छनोट हुनेछन्। सेमिफाइनलमा हार्ने टोलीहरूबीच तेस्रो स्थानका लागि पनि खेल हुनेछ। सोही खेलमा मलेसिया र ओमान भिड्नेछन्।

यस प्रतियोगितामा कुल १४ टोली सहभागी छन्। आगामी डिसेम्बरमा युएईमा यु१९ एसिया कप आयोजना हुने छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.