लेख विवरण

एनपिएलमा जनकपुरको पहिलो जित, चितवनलाई पराजित गर्यो

एनपिएलमा जनकपुरको पहिलो जित, चितवनलाई पराजित गर्यो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न २० औं खेलमा जनकपुर बोल्टसले पहिलो जित निकालेको छ। चितवन राईनोजले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउदै १ सय ८० रन बनायो। यो सँगै टोलीले ६ विकेटको जित निकाल्न सफल भयो।

जनकपुरको जितमा ओपनर माज सदाकतले ३० बलमा सवाधिक ६३ रनको पारी खेले। यस क्रममा उनले ६ चौंका र ४ छक्का प्रहार गरे। त्यस्तै अनिल साहले ३६ बलमा ६१ रन बनाए। उनले ४ चौंका र ३ छक्का प्रहार गरे। ओपनर असिफ शेख (१८) र जन निकोलले (११) रन बनाउदा आदित्य महता (१८) र सन्जय कृष्णमुर्ति (५) रनमा अविजित रहे।

चितवनका लागि सोहिल तनवीर, कमल सिंह ऐरि र अमर सिंह रौटेलाले समान १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउदै १ सय ७६ रन बनाएको थियो। टोलीका लागि ओपनर डविड मलानले सर्वाधिक ८४ रन बनाए। त्यस्तै अर्जुन साउद (५२), सैफ जैब (७) र रवि बोपाराले (३) रन बनाए। कुशल मल्लले १४ बलमा अविजित ३० रन बनाए।

जनकपुरका लागि बलिङमा माज सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोलले समान १-१ विकेट लिए।

जितसँगै जनकपुरले ५ खेलमा १ जित निकाल्दै २ अंक बटुलेर तालिकाको सातौं स्थानमा उक्लिएको छ। पराजित चितवन ५ खेलमा २ जित सहित अंक तालिकाको चौंथो स्थानमा रहेको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.