लेख विवरण

प्रशिक्षक दर्शनधारीको निधन

प्रशिक्षक दर्शनधारीको निधन

काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषदमा कार्यरत प्रशिक्षक नीरु दर्शनधारीको उपचारका क्रममा निधन भएको छ। राष्ट्रिय खेलकुद परिषदमा जिम्यान्याष्टिक खेलकी बरिष्ठ प्रशिक्षकका रुपमा कार्रयरत दर्शनधारी विगत केही बर्ष देखि क्यान्सर रोगको उपचार गराईरहनु भएकोमा मंगलबार साँझ निधन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।  

प्रशिक्षक दर्शनधारीको पार्थिव शरिरीरमा राष्ष्टिय खेलकुद परिषदका कार्यकारी समिति सदस्य कमल बहादुर भट्टराईले परिषद्को झण्डा ओढाएर सम्मान ब्यक्त गर्नु भयो । बुधवार परिषद्को प्रांगणमा आयोजित कार्यक्रमा प्रशिक्षक दर्शनधारी प्रति प्रशिक्षक खेलाडी तथा कर्मचारीहरुले श्रद्धान्जी ब्यक्त गरेका थिए । नीरु दर्शनधारी २०५२ भदौ देखि राष्ट्रिय खेलकुद परिषदमा जिम्न्याष्टिक प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको परिवारमा श्रीमान् मात्र हुनुहुन्छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.