लेख विवरण

नेपाल पुलिस क्लबका सुमितलाई स्वर्ण

नेपाल पुलिस क्लबका सुमितलाई स्वर्ण

काठमाण्डौं । विभागिय टोली नेपाल पुलिस क्लबका सुमित विष्टले १३ औं कोरियन एम्बेस्डर अन्तराष्टिूय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बुधबार भएको पुरुष ५८ केजी मुनिको तौल समुहमा त्रिभुवन आर्मी क्लबका विकास राईलाई पराजित गर्दै उनले स्वर्ण पदक जितेका हुन् । सुमित राष्टिूय खेलकुद परिषद्ले सञ्चालन गरेको मिशन २०२६ को विशेष प्रशिक्षणमा रहेको खेलाडी समेत हुन् ।

नेपाल ए.पि.एफ क्लबका रुपेश तामाङ्ग र एप्सुलुट तेक्वान्दो डोजाङ्गका सुजन गुरुङ्गले कास्य पदक पाए । यसै गरी सिनियर महिला ४६ केजी मुनीको तौल समुहमा ए.पि.एफकी अन्जली कुमारी साउदले पहिलो स्थान हात पारिन । उनले फाईनलमा आर्मीकी सन्तोषी राईलाई पराजित गरिन् ।

पुलिसकी प्रकृती पाली र बरहथवा डोजाङ्गकी जसमिन गुरुङ्गले तेश्रो स्थान हात पारे । जुनियर पुरुषको ४८ केजी मुनी आईतराम डोजाङ्गका निसान प्याकुरेल, कन्चनपुरका समिर कुवार, राजदेवी डोजाङ्गका प्रमिश राई कञ्चनपुरका भुपेन्द्र ठाकुर क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

जुनियर महिलाको ४९ केजी मुनीको तौल समुहमा सुनसरीको राजदेवी डोजाङ्गकी रिसिका भुजेलले स्वर्ण जित्दा लाईन्स मार्सलआर्ट्सकी सोनिया तामाङ्गले रजत तथा फेयरलेस डोजाङ्गकी खुशी तामाङ्ग र हिमशिखर स्कुलकी सुहाना श्रेष्ठले कास्य पदक जिते ।

यस्तै छात्र २९ केजी मुनिको तौल समुहमा सोस्तिक डोजाङ्गका प्रसिद्ध तामाङ्ग, श्रीसिद्धार्थ डोजाङ्गका रोचक पुढासैनि, बरहथवाका प्रशान यादव र श्रीसिद्धार्थकै आरुष थापाले क्रमश स्वर्ण, रजत र कास्य पदक हासिल गरे ।

मंसिर २० गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई पनि समावेश गरिएको छ । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक भान बहादुर चन्दले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.