लेख विवरण

अष्ट्रेलियामा हुने ‘स्ट्याग ग्लोबल मास्टर्स टिम्स च्यालेन्ज’मा नेपाली टेबल टेनिस खेलाडीहरूको सहभागिता

अष्ट्रेलियामा हुने ‘स्ट्याग ग्लोबल मास्टर्स टिम्स च्यालेन्ज’मा नेपाली टेबल टेनिस खेलाडीहरूको सहभागिता


काठमाडौं, मंसिर १९– नेपाली टेबल टेनिस खेलाडीहरू आगामी डिसेम्बर ६–७, २०२५ मा अष्ट्रेलियाको पर्थमा आयोजना हुने STAG GLOBAL MASTERS TEAMS CHALLENGE मा सहभागी हुन प्रस्थान गरेका छन्। प्रतियोगितामा नेपालका आठ खेलाडी—बिकि महर्जन, बिक्रम श्रेष्ठ, महेश शाक्य, नविता श्रेष्ठ, निम जोशी, निराज जोशी, राजन शाक्य र स्वेच्छा नेम्वाङसहित प्रशिक्षक राकेश महर्जनले प्रतिनिधित्व गर्दै छन्।
 
टोलीको बिदाई कार्यक्रम काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित भएको थियो, जहाँ अल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष श्री ज्याकी महर्जनले खेलाडीहरूलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे। अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै जाने टोलीले देशको प्रतिष्ठा थप उचो बनाउने विश्वास व्यक्त गरिएको छ।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.