लेख विवरण

एनपीएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

एनपीएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो ।

लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन् ।

जनकपुर बोल्ट्स,पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको भने प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्स हाल १२ अंकसहित शिर्ष स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.