राखेप सदस्य सचिवको पदभार ग्रहण
काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गर्नु भएको छ । एकहप्ता देखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को ब्यवस्था नभए सम्मका लागि सह सचिव मेहतालाई जिम्मेवारी दिएको हो ।
खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम अर्को ब्यवस्था नभए सम्मका लागि मन्त्रालयको मंसिर १६ गतेको निर्णय अनुसार जिम्मेवारी दिएको छ। यही मंसिर १२ गते टंकलाल घिसिङले आफ्नो चार बर्षे कार्यकाल पुरा गरि विदा लिनु भए पछि सदस्य सचिवको पद रिक्त थियो ।
परिषदमा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरुलाई सदस्य सचिव मेहताले सुसाशन र पारदर्शी रुपमा कानून सम्मत कार्य सम्पादन गर्न निर्देशन दिनु भयो । आफु सदस्य सचिवको पदमा रहुन्जेल परिषदमा नमूना योग्य काम गर्ने पनि उल्लेख गर्नु भयो ।
परिषदका कार्यकारी समितिका सदस्य कमल बहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा संगठन संरचना तथा ब्यवस्थापन सर्भे लगायतका काम प्रमुख दायित्व भएको उल्लेख गर्नु भएको थियो ।
मेहतालाई परिषदमा कार्यकारी समिति सदस्यहरु कमल भट्टराई, भान बहादुर चन्द बोर्ड सदस्यहरु परिषदका विभाग र शाखा प्रमुख तथा कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।

टिप्पणी लेख्नुहोस्