लेख विवरण

आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप : तयारी पूरा, २४ टिमको सहभागिता

आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप : तयारी पूरा, २४ टिमको सहभागिता

काठमाडौँ, मङ्सिर २० — ललितपुर स्पोर्ट्स क्लबको आयोजना र बागमती प्रदेश सरकार तथा ललितपुर महानगरपालिकाको सहयोगमा सम्पन्न आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप आइतबारदेखि सुरु हुँदैछ। प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

यस वर्षको टिम चेस च्याम्पियनसिपमा २४ टिमको सहभागिता सुनिश्चित भएको छ। प्रत्येक टिममा एक खेलाडी दोहोरो हजार (2000+) रेटिङसहित र चार अन्य खेलाडीसहित कुल पाँच खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजमा सञ्चालन हुनेछ। उपाधि जित्ने टिमलाई नगद २ लाख रुपैयाँ, उपविजेतालाई १ लाख रुपैयाँ, तेस्रो हुने टिमलाई ६० हजार र चौथो हुने टिमले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, पाँचौँदेखि सातौँ स्थानमा रहने टिमहरूले समान २०–२० हजार रुपैयाँ पाउनेछन्।

साथै, प्रतियोगिताका पाँच उत्कृष्ट व्यक्तिगत खेलाडीले प्रत्येकले १० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन्।

ललितपुर स्पोर्ट्स क्लबका अध्यक्ष हेराकाजी महर्जनले प्रतियोगिता विगतका संस्करणझैं निरन्तर रूपमा सफलतापूर्वक सञ्चालन भइरहेकाे र यसले राष्ट्रिय स्तरमा चेस खेलको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.