लेख विवरण

कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अन्तर्गत पारा तेक्वान्दोमा अमिरलाई स्वर्ण

कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अन्तर्गत पारा तेक्वान्दोमा अमिरलाई स्वर्ण

काठमाण्डौं ।
राष्टिूय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन २०२६ का पारा तेक्वान्दो खेलाडी अमिर भ्लोनले १३ औं कोरियन एम्बेस्डर अन्तराष्टिूय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा शुक्रबार भएको पारा तेक्वान्दोको के ४४ विद्याको पुरुष ६३ केजी मुनिको तौल समुहमा संखुवासभाका पासाङ्ग शेर्पालाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् । बाजुराका लोकराज शही ठकुरीले कास्य पदक पाए ।

यसै गरी पुरुष ५४ केजी मुनी चितवनका विबेक श्रेष्ठले पहिलो स्थान हात पारे उनले फाईनलमा भुटानका टाँशी रिग्देन दोर्जीलाई पराजित गरे । झापाका निश्चल प्रसाई तेश्रो भए । पुरुष ५८ केजी मुनी पारालिम्पियन भरत सिंह महताले स्वर्ण पदक जिते । उनले फाईनलमा पाकिस्तानका जोन शलिमलाई पराजित गरे ।

यसै गरी पारा तेक्वान्दोको के४१ विधाको पुरुष ५८ केजी मुनी दिपेश महतले स्वर्ण पदक जिते ।

उनले फाईनलमा भारतका प्रमोद प्रसादलाई पराजित गरे ।

महिला के ४४ विधाको ४७ केजी मुनी नुवाकोटकी रेनु तामाङ्ग पहिलो भईन । उनले फाईनलमा इलामकी कामना प्रसाईलाई पराजित गरिन् । पुम्से तर्फ पि ३० विधामा चितवनका विक्रम श्रेष्ठले सुनसरीका सुबास चन्द्र राईलाई पराजित गरी स्वर्ण पदक हात पारे ।

च्याम्पियनसिप अन्तर्गत पारा तेक्वान्दोमा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका प्रतियोगिता संयोजक भान बहादुर चन्दले जानकारी दिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.