सन् २०२६ विश्वकप फुटबलको ड्र सार्वजनिक, ४८ राष्ट्र १२ समूहमा विभाजन
काठमाडौँ, मङ्सिर २० — विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को फिफा विश्वकप फुटबलको समूह चरण (ड्र) सार्वजनिक गरेको छ। अमेरिकाको वासिङ्टन डी.सी. मा शुक्रबार राति आयोजित कार्यक्रममा फिफाले आगामी संस्करणका लागि समूहहरूको घोषणा गरेको हो।
पहिलो पटक ४८ देशको सहभागिता रहने विश्वकपलाई फिफाले १२ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा ४–४ टोली रहनेछन्।
घोषित समूहहरू
-
समूह ‘ए’: मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्लेअफ ‘डी’ विजेता
-
समूह ‘बी’: क्यानाडा, प्लेअफ ‘ए’ विजेता, कतार, स्विट्जरल्यान्ड
-
समूह ‘सी’: ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड
-
समूह ‘डी’: अमेरिका, पैराग्वे, अस्ट्रेलिया, प्लेअफ ‘सी’ विजेता
-
समूह ‘ई’: जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वेडर
-
समूह ‘एफ’: नेदरल्यान्ड्स, जापान, प्लेअफ ‘बी’ विजेता, ट्युनिसिया
-
समूह ‘जी’: बेल्जियम, मिस्र, इरान, न्युजिल्यान्ड
-
समूह ‘एच’: स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे
-
समूह ‘आई’: फ्रान्स, सेनेगल, प्लेअफ २ विजेता, नर्वे
-
समूह ‘जे’: अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
-
समूह ‘के’: पोर्चुगल, प्लेअफ १ विजेता, कोलम्बिया, उज्बेकिस्तान
-
समूह ‘एल’: इङ्ल्यान्ड, क्रोएसिया, घाना, पानामा
यसपटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमै आयोजना गर्दैछन्। ४८ टोली प्रारम्भिक समूह चरणपछि इतिहासकै फराकिलो नकआउट चरणमा प्रवेश गर्नेछन्।
सन् २०२६ को विश्वकप आधुनिक फुटबल इतिहासमा संरचना, सहभागी संख्या र आयोजन स्वरूप सबै हिसाबले महत्वपूर्ण मानिएको छ।

टिप्पणी लेख्नुहोस्