लेख विवरण

केभीकेएसएस र नेक्सस विजयी

केभीकेएसएस र नेक्सस विजयी

काठमाडौं। केभीकेएसएस र नेक्सस १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार विजयी भएका छन् ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा केभीकेएसएसले वेदव्यासलाई १९–१३ तथा नेक्ससले ज्ञानसंस्कारलाई १६–११ ले पराजित गरे । सोही स्पर्धामा बागमतीले विद्या विकासलाई २५–२२ तथा फेरिल्यान्डले सत्यसाइलाई १८–१७ ले हराए ।
 
सिनियर ब्वाइजमा टीआईएले रेडियन्ट रिडर्सलाई ४०–३५, भ्याली पब्लिक ‘बी’ ले सेन्ट लरेन्सलाई ३२–२१, हेराल्डले एसएचएलाई ४३–३७, ग्रिनल्यान्डले बेम्सलाई ४६–३६, ग्रिनफिल्डले एचएचसीएलाई २३–१७, न्युटनले किङडम हिमालयलाई ४७–३७ र हेम्सले हिमशिलालाई ३८–२४ ले पाखा लगाए ।
 
जुनियर ब्वाइजमा गोल्डेनपिकले फेरिल्यान्डलाई २३–१८ तथा किङडम हिमालयले सेन्ट जोसेफलाई २६–१७ ले पन्छाए ।
 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.