लेख विवरण

कल्बा अन्तर्राष्ट्रिय जुडोमा सकुनलाई रजत

कल्बा अन्तर्राष्ट्रिय जुडोमा सकुनलाई रजत

काठमाडौं, मंसिर २२ गते ।
सकुन सुनुवारले कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक जितेकी छन् । डिसेम्बर ६ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा सकुनले रजत जितेको पामका जुडो मुख्य प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् ।

युएइमा भएको उक्त प्रतियोगितामा सकुनले पेरिस सेन्ट जर्मन एकेडेमी जुडोबाट खेलेकी थिइन् । सकुन त्यस एकेडेमीमा प्रमुख प्रशिक्षकको रुपमा काम गर्दै आएको मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी दिए । सुरुआती जुडो न्यु होराइजनबाट सुरु गरेकी सकुनले पछि बन्दी सहायता नियोग (पाम) मा आबद्ध भइ खेलाडीलाई प्रशिक्षण दिनुका साथै पढाउदै आएकी पनि थिइन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.