एन्जल्स हार्टको दोहोरो जित
काठमाडौं। एन्जल्स हार्ट हाइ स्कुलले काठमाडौं जिल्लाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन सोमबार दोहोरो जित हात पारेको छ ।
मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा एन्जल्स हार्टले प्रारम्भ वल्र्ड स्कुललाई २५–१५ तथा सेबलाई २९–२५ ले पराजित ग¥यो ।
अन्य खेलमा रेडियन्टले हिमरश्मिलाई ४३–२८, मेगसले निलगिरीलाई २५–१७, केभीसीले लालीगुराँसलाई ३८–२८, सनसाइनले महर्षीलाई २१–१६, मनास्लुले हिमालयलाई ३६–२४ र बेबी एन्जलले अनमोल ज्योतिलाई २६–११ ले हराए ।
प्रतियोगिताको काठमाडौं प्याब्सनका उपाध्यक्ष धनबहादुर पुन र तार्केश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । चारदिने नकआउट प्रतियोगितामा ३६ टिम सहभागी छन् । खेल एन्जल्स हार्ट र हिमरश्मिमा पनि खेलाइने छ ।

टिप्पणी लेख्नुहोस्