पुष्पसदनको दुई जित
काठमाडौं, मंसिर २३ गते । पुष्पसदनले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार दुई खेलमा जित हात पारेको छ ।
मनमैजुस्थित एन्जल्स हार्ट हाइ स्कुलमा पुष्पसदनले छहारीलाई ३२–२२ तथा गण्डकीलाई ३५–२७ ले पराजित ग¥यो ।
जिल्ला प्याब्सन, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगिताको अन्य खेलमा टीआईएले भ्याली भ्युलाई ४८–३०, भ्याली भ्युले फेरिल्यान्डलाई ३४–२४ र स्किब्सले विभूतिलाई १५–१२ ले हराए ।
यसंगै प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार प्रिक्वाटरफाइनलका खेल हिमरश्मि स्कुलमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्