ह्वाइट हेभेन र वेदव्यासलाई उपाधि
काठमाडौं, मंसिर २३ गते । ह्वाइट हेभेन एकेडेमी र वेदव्यासले नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ह्वाइट हेभेन सिनियर ब्वाइज तथा वेदव्यास जुनियर ब्वाइजमा पहिलो भएका हुन् ।
टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा भएको प्रतियोगिताको सिनियर ब्वाइजमा संस्कृति शिक्षा सदन दोश्रो तथा स्वेता सदन तेश्रो भए । जुनियर ब्वाइजमा निम्बल दोश्रो तथा ल्यान्डमार्क एकेडेमी तेश्रो बने ।
सिनियर ब्वाइजमा विवेश वर्देवा उत्कृष्ट खेलाडी, पल्लभ थापा उत्कृष्ट गोलरक्षक, कविरजंग पाण्डे सर्वाधिक स्कोरकर्ता र सविन ढकाल उत्कृष्ट प्रशिक्षक भए । कविर स्वेता सदनका हुन् भने बाँकी सबै ह्वाइट हेभेनका हुन् ।
जुनियर ब्वाइजमा ल्यान्डमार्कका एलेक्स लामा उत्कृष्ट खेलाडी, वेदव्यासका विहान क्षेत्री उत्कृष्ट गोलरक्षक, वेदव्यासका इशान महरा सर्वाधिक गोलकर्ता र वेदव्यासका विजय गुरुङ उत्कृष्ट प्रशिक्षक बने ।

टिप्पणी लेख्नुहोस्