लेख विवरण

सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टर वीच भेट

सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टर वीच भेट

२०८२ मंसिर २३

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र विश्व एन्टी डोपीङ एजेन्सी (WADA) का एसोसिएट डाइरेक्टर एमिलियानो वीच भेटवार्ता भएको छ । राष्ट्रिय खेलकुद परिषदमा भएको भेटका अवसरमा सदस्य सचिव मेहताले नेपालमा राष्ट्रिय एन्टिडोपीङ एजेन्सी गठन गरिसकेको भन्दै अव WADA ले अधिकार प्राप्त राष्ट्रिय एन्टिडोपीङ एजेन्सी संग मात्र सम्वन्ध राखी काम गर्न सुझाव दिनु भयो । त्यस अवसरमा विश्व एन्टी डोपीङ एजेन्सीका एसोसिएट डाइरेक्टर एमिलियानोले राष्ट्रिय एन्टिडोपीङ एजेन्सीलाई नै आधिरकारिक मान्यता दिदै नेपालको एन्टी–डोपिङ यात्रा  पारदर्शी, उत्तरदायी र राज्य–प्रणालीअनुसार चल्ने  र सहकार्य गरेर स्वच्छ, निष्पक्ष र मर्यादित खेलकुदतर्फ अघि बढ्ने बताउनु भएको छ ।

भेटका अवसरमा नेपाली खेलकुद क्षेत्रको विकास र एन्टिडोपीङको विश्व ब्यापी आवश्कताका बिषयमा छलफल भएको थियो । भेटका अवसरमा राष्ट्रिय एन्टिडोपीङ एजेन्सीका संयोजक डाक्टर असिम भण्डारीको पनि उपस्थिती थियो ।  

टिप्पणी लेख्नुहोस्

Please Login to comment.