लेख विवरण

बागमती प्रदेश बेसबल तथा सफ्टबल संघमा ध्रुव रिजाल नेतृत्वमा नयाँ समिति

बागमती प्रदेश बेसबल तथा सफ्टबल संघमा ध्रुव रिजाल नेतृत्वमा नयाँ समिति

ललितपुर। बागमती प्रदेश बेसबल तथा सफ्टबल संघको प्रथम साधारण सभा २०८२ ललितपुरमा सम्पन्न हुँदै ध्रुव कुमार रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।

नव–निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रबोद लामा (वाङ) र निरज भट्टराई, सचिव सुवास सुवेदी, सह–सचिव सांगे लामा, कोषाध्यक्ष सुगम पाठक तथा सदस्यहरू विधान रिजाल, रविन्द्र खड्का, शुशिल भट्टराई, प्रशन्ना पाठक, रोमन श्रेष्ठ, स्मोथ अधिकारी र केशव गौतम रहेका छन्।

कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य रबि महर्जन प्रमुख अतिथि तथा नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दिपक न्यौपाने विशेष अतिथि रहे।
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.