न्युटन सेमिफाइनलमा
काठमाडौं, मंसिर २४ गते ।
न्युटन प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
जिल्ला प्याब्सन, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगितामा न्युटनले स्किब्सलाई ३०–२२ ले पराजित ग¥यो । न्युटनका युनिक कार्कीले १० अंक जोडे ।
हिमरश्मिमा भएको अन्य क्वाटरफाइनलमा केभीसीले एन्जल्स हार्टलाई ३३–२२, टीआईएले हेम्सलाई ४७–२८ तथा रेडियन्टले मेगसलाई २८–२२ ले हराउदै सेमिफाइनलमा पुगे । केभीसीका समर्पणले १५, टीआईएका रोशन नगरकोटीले २१ र रेडियन्टका रिपेक्सले ९ स्कोर गरे । सेमिफाइनलमा रेडियन्टको भेट केभीसीसंग हुनेछ भने न्युटनले टीआईएको सामना गर्ने छ ।

टिप्पणी लेख्नुहोस्