लेख विवरण

दोस्रो ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने

दोस्रो ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने

काठमाडौं, मंसिर २५– दुई विधा समावेश गरिएको दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप आगामी शनिबार हुने भएको छ ।

युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले ह्वाइटफिल्ड सेकेन्डरी स्कुलले आगामी मंसिर २७ गते एक दिने तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्न लागेको हो । करिब १५ विद्यालयका ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । खुसिबुस्थित ह्वाइटफिल्डमा पत्रकार सम्मेलन आयोजना गर्दै विद्यालयले प्रतियोगिताको बारेमा जानकारी दिएको हो । ह्वाइटफिल्डकी भाइस प्रिन्सिपल वर्षा श्रेष्ठले यस किसिमका प्रतियागिताले विद्यार्थीमा आत्मविश्वास बढाउने र उनीहरूमा भएका क्षमता वृद्धि विकास हुने बताइन् ।
ग्योरोगी (फाइट) र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा हुने ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए । स्पिड किकमा तीन वटा पेटी (बेल्ट) समूहमा प्रतिस्पर्धा समावेश गरिएको छ । ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी गल्र्स र ब्वाइजमा गरी कुल ८० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । गल्र्स र ब्वाइजमा समान १० तौलसमूहमा प्रतिस्पर्धा तय गरिएको छ । स्पिड किकमा भने सेतो र पहेँलो पेटीमा, पहेँलो/हरियो देखि नीलो पेटी र नीलो÷रातो देखि कालो पेटीसम्मको समूहमा खेलाडीले चुनौती प्रस्तुत गर्ने ह्वाइटफिल्डका राममणि बगालेले जानकारी दिए ।

ह्वाइटफिल्ड स्कूलले शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको अतिरिक्त क्षमता विकासलाई प्रोत्साहन दिँदै आएको छ । विद्यालयले खेलकुद, कला र मनोरञ्जनजस्ता विविध क्षेत्रमा विद्यार्थीहरूलाई सहभागी बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि उनीहरूलाई पदक जिताउन सफल भएको छ । प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी प्राप्त गर्नेछन् । ग्योरोगीतर्पm चारै विधा (किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर) मा उत्कृष्ट फाइटरले ट्रफी पाउने आयोजकले जनाएको छ । यस पटकको आयोजनाका लागि करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.