दुबइमा रेणुलाई कांस्य
काठमाडौं, मंसिर २६ गते ।
दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले शुक्रबार कांस्य पदक जितेकी छन् ।
पहिलो खेलमा रेणुले बंगलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दैै सेमिफाइनल पुगेको उनका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । रेणुले पहिलो राउन्डमा १५–३ र दोश्रोमा १२–० अंक बटुलिन् ।
सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् । रेणु पहिलो राउन्डमा ०–२ र दोश्रोमा ०–१ ले पछि परिन् ।

टिप्पणी लेख्नुहोस्