लेख विवरण

मुवाँथाईं टोली भारत प्रस्थान

मुवाँथाईं टोली भारत प्रस्थान

काठमाडौं, मंसिर २६ गते ।
सीएसडी मुवाँथाईं फाइट टुमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार भारतको त्रिपुरा प्रस्थान गरेको छ ।

डिसेम्बर १६ देखि १७ तारिखसम्म प्रतियोगितामा जितेन्द्र राई, निपेश ढुंगाना, दावा छिरिङ तामाङ र विशाल लामाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा महेश केसी, सहायक प्रशिक्षकमा लाक्पा तामाङ र रिङ अफिसियलमा सञ्जय राई रहेका छन् । टोलीलाई नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.