‘स्वाथ्यका लागि खेलकुद’ बारे नुवाकोटमा तालिम कार्यक्रम
काठमाडौं, मंसिर २६ गते ।
नुवाकोटको विदूर नगरपालिकामा ‘स्वाथ्यका लागि खेलकुद’ बारे तालिम कार्यक्रम आयोजना गरिएका छन् । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोग र पाथ संस्थासँगको समन्वयमा यी कार्यशाला तालिमको आयोजना गरिएका हुन् ।
बिहीबार विदूर नगरपालिका र शुक्रबार लिखु गाउँ पालिकामा कार्यक्रम भएका हुन् । कार्यक्रमको मुख्य उद्देश्य शिक्षक र स्कुल नर्सको क्षमता सुदृढिकरण गरेर खेलको माध्यमबाट गैर संक्रामक रोगको रोकथाम र स्वास्थ्य जागरुकता ल्याउनु रहेको छ ।
कार्यक्रममा ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज बैद्य तथा सचिवद्वय रामकृष्ण श्रेष्ठ र रमेश शिवाकोटीले स्रोत व्यक्तिका रूपमा सहभागिता जनाएका थिए । त्यस अवसरमा उनीहरूले समुदायमा खेलकुदलाई आधार बनाएर स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वय गर्न सहयोग मिल्नेमा जोड दिएका थिए ।
नेपाल ओलम्पिक कमिटीले ‘स्वास्थ्यका लागि खेलकुद’ कार्यक्रम अन्य जिल्लामा पनि गर्ने योजना रहेको छ । त्यसक्रममा स्थानीय र स्कुलका स्वास्थ्यकर्मीसम्म पुगेर खेलकुदको माध्यमबाट स्वास्थ्यसम्बन्धी सचेतना बढाउनेबारे तालिम दिने उद्देश्य रहेको छ ।

टिप्पणी लेख्नुहोस्