इबीए र न्युटन क्वाटरफाइनलमा
काठमाडौं, मंसिर २६ गते ।
इडेन ब्रिज एकेडेमी (इबीए) र न्युटन १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
इबीएले फेरिल्यान्डलाई ३०–२१ ले पराजित ग¥यो । इबीएको जितमा दिगविजय पुरीले १३ अंक योगदान गरे । दिवस मगरको १६ अंक सहयोगमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ३१–२२ ले हरायो ।
भंगालस्थित भ्याली पब्लिकको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै ग्रिनफिल्ड नेसनल स्कुलले सेबलाई १९–१६ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।
सिनियर ब्वाइजमा जेबी स्कुलले हेराल्डलाई ३१–२६, टीआईएले किङडमलाई ४३–३५ र जिनियस वल्र्डले डा. मेमोरियललाई ५३–३८ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । जेबीका नरेश बोहराले १५, टीआईएका रोशन नगरकोटीले २२ र जिनियसका राजीवले १८ स्कोर गरे ।
सिनियर गल्र्समा न्युटनले जेबीलाई २९–१८, साम्तेनले सेबलाई २५–१३ र केभीकेएसएसले हिमशिलालाई २९–१२ ले निराश पार्दै क्वाटरफाइनल यात्रा तय गरे । न्युटनकी इरिनी राणाले ११, साम्तेनकी अनुषा तामाङले ७ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक जोडे ।

टिप्पणी लेख्नुहोस्