भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
काठमाडौं, मंसिर २९ गते ।
आयोजक भ्याली पब्लिक, टीआईए र गोल्डेनपिकले १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक सिनियर गल्र्स, टीआईए सिनियर ब्वाइज र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने ।
भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले न्युटनलाई ५२–२७ ले पराजित ग¥यो । भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ३० अंक जोडिन् । केभीकेएसएस तेश्रो भयो ।
सिनियर ब्वाइजको फाइनलमा टीआईएले न्युटनलाई ४९–३९ ले हरायो । टीआईएका रोशन नगरकोटीले १७ स्कोर गरे । हेम्स तेश्रो बन्यो ।
जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले एन्जल्स हार्टलाई २९–२७ को साँघुरोअन्तरले पाखा लगायो । गोल्डेनपिकका अग्रज राईले १६ अंक जोडे । लालीगुराँस नेसनल एकेडेमी तेश्रो स्थानमा रह्यो । तीनै विधामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
सिनियर ब्वाइजमा टीआईएका अविस्कार रोक्का, जुनियर ब्वाइजमा गोल्डेनपिकका अभिराज सिंह र सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा न्युटनका अनिश गुरुङ, जुनियर ब्वायजमा लालीगुराँसका सुवास शाही र सिनियर गल्र्समा न्युटनकी दिप्सना ठकुरी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
सिनियर ब्वाइजमा हेम्सका आयुश रावल, जुनियर ब्वाइजमा एन्जल्स हार्टका रियान केसी र सिनियर गल्र्समा केभीकेएसएसकी मुस्कान लिम्बू उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा रेडियन्ट रिडर्स, जुनियर ब्वाइजमा तेजस्वी एकेडेमी र सिनियर गल्र्समा नेक्ससले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई केन्द्रीय प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगाना, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल एवं प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर १९ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २७, जुनियर ब्वाइजमा २६ र सिनियर गल्र्समा ३२ टिम सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्