टीआईए र मल्पी सिटी सेमिफाइनलमा
काठमाडौं, मंसिर २९– टीआईए र मल्पी सिटी तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भइरहेको प्रतियोगितामा टीआईएले काष्ठमण्डप ‘बी’ लाई २८–१२ ले पराजित ग¥यो । मल्पी सिटीले रिलायन्स को–एडलाई ५७–२८ ले हरायो । ब्वाइजमै बूढानीलकण्ठले काष्ठमण्डप ‘ए’ लाई २०–१५ तथा मातृभूमिले कान्तिपुरलाई ४०–१० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
गल्र्समा दीक्षालयले काठमाडौं मेरिडियनलाई २०–७, मातृभूमिले एक्सेल्सियरलाई १३–१० र इम्पेरियल वल्र्डले काष्ठमण्डप ‘बी’ लाई १३–८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए । काष्ठमण्डप ‘ए’ ले यसअघिनै सेमिफाइनलमा पुगिसकेको छ ।
फुटसल :
फुटसलको गल्र्समा रातो बंगलाले वेदव्यासलाई ३–१ (टाइब्रेकर) तथा एभीएमले ग्यालेक्सी पब्लिक स्कुललाई १–० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।
सिनियर ब्वाइजमा वेदव्यासले काष्ठमण्डप ‘ए’ लाई १–० ले हराउदै फाइनलमा पुग्यो । उपाधिका लागि वेदव्यासले एक्सेल्सियर र मातृभूमिबीचको विजेतासंग खेल्ने छ ।
जुनियर ब्वाइजमा एक्सेल्सियरले मातृभूमिलाई ५–१, पुष्पाञ्जलीले लिटिल वन्डरलाई २–०, काठमाडौं प्रज्ञाकुञ्जले काष्ठमण्डप ‘ए’ लाई २–० र विद्यावाणीले ग्यालेक्सीलाई १–० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे ।

टिप्पणी लेख्नुहोस्