दोश्रो मातृभूमि कप : काष्ठमण्डपको जित
काष्ठमण्डप विद्यालयले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार जित हात पारेको छ ।
काष्ठमण्डपले आयोजक मातृभूमिलाई १५–८ ले पराजित ग¥यो । विजयी टिमका लागि अमानी रेग्मीले ५ स्कोर गरिन् ।
गल्र्समै बौद्ध चिल्ड्रेन हेभेनले डाफोडिललाई ३४–१४ तथा चेल्सी वल्र्ड स्कुलले बौद्ध इन्टरनेसनल स्कुललाई २६–१० ले हराए । बौद्धका ल्होमु र लकिसाले समान ८ तथा चेल्सीकी तेन्जिङले १२ अंक जोडे ।
ब्वाइजमा मातृभूमि ‘बी’ ले जेम्सलाई ४४––३३ पाखा लगायो । विजेताका कृतिन पौडेलले १८ अंक जोडे ।

टिप्पणी लेख्नुहोस्