सिभालीलाई दोहोरो उपाधि
काठमाडौं । पोखरामा सम्पन्न आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि जितेकी छन् । शिभालीले सिंगल्स र डबल्समा स्वर्ण जितेकी हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिताको सर्किट १ मा पनि सिभालीले दोहोरो स्वर्ण जितेकी थिइन् । शिभालीले दुवै सर्किटमा १४ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् ।

टिप्पणी लेख्नुहोस्