मातृभूमिको विजयी सुरुआत
काठमाडौं । आयोजक मातृभूमिले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । मातृभूमिको ब्वाइज/गल्र्स दुवै टोलीले सफलता हात पा¥यो ।
मध्यपुर थिमीस्थित घरेलु कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा मातृभूमि ‘बी’ ले इनोभेटिभलाई ३०–२४ ले पराजित ग¥यो । मातृभूमि ‘बी’ को जितमा प्रयास ढकालले १३ अंक योगदान गरे ।
गल्र्समा समिराह श्रेष्ठको ७ अंक सहयोगमा मातृभूमिले पनि इनोभेटिभलाई नै १८–१२ ले हरायो । सोही स्पर्धामा डाफोडिलले केएमसीलाई २८–२४ ले पाखा लगायो । डाफोडिलकी एन्जेलिकाले १८ स्कोर गरिन् ।
पुस ६ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ९ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्