लेख विवरण

संयोगलाई यिन्हेको साथ

संयोगलाई यिन्हेको साथ

काठमाडौं, पुस १ गते । 
चीनको अग्रणी टेबलटेनिस ब्रान्ड मध्ये एक यिन्हे स्पोटर््स इक्विपमेन्ट कम्पनी लिमिटेडले नेपालका राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने भएको छ ।

नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोटर््सका प्रमुख कार्यकारी अधिकृत नितिश राजभण्डारी र संयोगले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता दुई वर्षका लागि कायम रहने अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

सम्झौता अन्तर्गत, यिन्हेले संयोगलाई तालिम र व्यावसायिक विकास बढाउन खेल सामाग्री र पोशाक उपलब्ध गराउने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.