लेख विवरण

चेल्सी वल्र्डको दोहोरो जित

चेल्सी वल्र्डको दोहोरो जित

काठमाडौं, पुस १ गते । चेल्सी वल्र्ड स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । चेल्सीले दुवै सफलता गल्र्समा हात पा¥यो ।

पहिलो खेलमा चेल्सीले केएमसीलाई ३२–१८ ले पराजित ग¥यो । चेल्सीको जितमा तेन्जिङ कुसाङ शेर्पाले १४ अंक योगदान गरिन् । अर्को खेलमा तेन्जिङकै २० अंक सहयोगमा चेल्सीले बौद्ध चिल्ड्रेन हेभेन स्कुललाई ३४–२७ ले हरायो ।

गल्र्समै बौद्ध चिल्ड्रेनले बौद्ध इन्टरनेसनल स्कुललाई ४१–१७ ले पाखा लगायो । विजेताकी जस्मिनले ८ स्कोर गरिन् ।

ब्वाइजमा आयोजक मातृभूमि ‘बी’ ले बौद्ध इन्टरनेसनललाई ५५–४५ तथा काठमाडौं वल्र्ड स्कुलले प्यारागन पब्लिक स्कुललाई ४२–२३ ले पन्छाए । मातृभूमि ‘बी’ का प्रयास ढकालले १८ तथा काठमाडौं वल्र्डका खैङ लिनले १४ अंक बटुले ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.