लेख विवरण

काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन

काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन

काठमाडौं, पुस २ गते ।
टीआईए, दीक्षालय, आयोजक काष्ठमण्डप विद्यालय, वेदव्यास र रातो बंगला तेश्रो काष्ठमण्डप कपमा बुधबार च्याम्पियन बनेका छन् । बास्केटबलको ब्वाइजमा टीआईए र गर्ल्समा दीक्षलय पहिलो भए । फुटसलको जुनियर ब्वाइज यु–१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गर्ल्समा रातो बंगलाले उपाधि जिते ।

बास्केटबलको ब्वाइज फाइनलमा टीआईएले मातृभूमिलाई ५८–४३ ले पराजित ग¥यो । टीआईएका रोशन नगरकोटीले २९ अंक जोडे ।

गर्ल्सको उपाधि भिडन्तमा दीक्षालयले काष्ठमण्डपलाई १५–१४ को झीनोअन्तरले हरायो । दीक्षलयकी लाक्पा डोमा शेर्पाले ९ स्कोर गरिन् ।

ब्वाइजमा टीआईएका वर्दान थापा तथा गर्ल्समा दीक्षालयकी दिपशिखा गोले तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

फुटसल :

जुनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले विद्यावाणी पाठशालालाई ४–१ गोलअन्तरले पराजित गर्यो । काष्ठमण्डपका सुजस्विन ओझाले २ तथा वैभवसिंह भण्डारी र सिद्धार्थ वज्राचार्यले १–१ गोल गरे ।

सिनियर ब्वाइजको फाइनलमा वेदव्यासले मातृभूमिलाई १–० गोलले हरायो । अनमोल न्यौपानेले निर्णायक गोल गरे ।
सिनियर गर्ल्सको फाइनलमा रातो बंगलाले एभीएमलाई १–० गोलले पाखा लगायो । रातो बंगलाकी अदिति रावलले गोल गरिन् ।

जुनियर ब्वाइजमा काष्ठमण्डपका सुजस्विन ओझा, सिनियर ब्वाइजमा वेदव्यासका अनमोल न्यौपाने र सिनियर गर्ल्समा रातो बंगलाकी सान्भी कार्की उत्कृष्ट खेलाडी चुनिए । जुनियर ब्वाइजमा काष्ठमण्डपका सौर्य गौतम, सिनियर ब्वाइजमा मातृभूमिका रियान महर्जन र सिनियर गर्ल्समा रातो बंगलाकी लिना घिमिरे उत्कृष्ट गोलरक्षक बने ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिका वडा ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे र काष्ठमण्डपकी संस्थापक एवं निर्देशक डा. शिवा थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइज/गर्ल्समा समान १२–१२ टिम सहभागी थिए । फुटसलको जुनियर ब्वाइजमा १२, सिनियर ब्वाइजमा ९ र सिनियर गर्ल्समा ८ टिमले भाग लिएको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।

काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन

काष्ठमण्डप कपको बास्केटबल र फुटसलका उत्कृष्ट खेलाडी ट्रफीसाथ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.