लेख विवरण

घना कुहिरोका कारण भारत–दक्षिण अफ्रिकाबीचको चौथो खेल रद्द

घना कुहिरोका कारण भारत–दक्षिण अफ्रिकाबीचको चौथो खेल रद्द

लखनऊ । भारत र दक्षिण अफ्रिकाबीच जारी पाँच खेलको शृंखलाअन्तर्गत चौथो तथा निर्णायक खेल बुधबार अटल बिहारी वाजपेयी इकाना स्टेडियममा खेलिने तय थियो। तर लखनऊमा अत्यधिक कुहिरो लागेका कारण खेल सुरु हुन सकेन।

घना कुहिरोका कारण टससमेत हुन नसकेपछि अम्पायरहरूले खेल रद्द गर्ने निर्णय गरेका हुन्। यससँगै शृंखलामा भारत २–१ को अग्रतामा कायम रहेको छ।

अब दक्षिण अफ्रिकाले शृंखला बराबरीमा ल्याउन अन्तिम खेल जित्नैपर्ने दबाबमा रहनेछ भने भारत अन्तिम खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.