लेख विवरण

चेल्सी वर्ल्ड सेमिफाइनलमा

चेल्सी वर्ल्ड सेमिफाइनलमा

काठमाडौं, पुस २ गते । चेल्सी वर्ल्ड स्कुल दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । ५ टिम रहेको समूह ‘बी’ बाट एक खेल अगावै चेल्सी सेमिफाइनलमा पुगेको हो ।

मातृभूमि स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा चेल्सीले डाफोडिललाई ३५–७ ले सहजै पराजित ग¥यो । चेल्सीकी तेन्जिङ कुसाङ शेर्पाले १६ अंक जोडिन् ।

गर्ल्समै बौद्ध चिल्ड्रेन हेभेन स्कुलले केएमसीलाई ३८–११ तथा बौद्ध इन्टरनेसनल स्कुले डाफोडिललाई १८–१३ ले हराए । बौद्ध चिल्ड्रेनकी लकेशाले २३ तथा बौद्ध इन्टरनेसनलकी सोम्य तामाङले ७ स्कोर गरे ।

ब्वाइजमा बौद्ध इन्टरनेसनलले जेम्समाथि ४८–३० को जित दर्ता ग¥यो । विजेताका जम्पलले १६ अंक बटुले ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.