लेख विवरण

पीएसजीले फ्लेमेन्गोलाई हराउँदै इन्टरकन्टिनेन्टल कपको उपाधि जित्यो

पीएसजीले फ्लेमेन्गोलाई हराउँदै इन्टरकन्टिनेन्टल कपको उपाधि जित्यो

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्राजिलियन क्लब फ्लेमेन्गोलाई पराजित गर्दै इन्टरकन्टिनेन्टल कप फुटबल प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको छ। रोमाञ्चक फाइनलमा निर्धारित समय र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि उपाधिको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो, जहाँ पीएसजीले २–१ को जित निकाल्यो।

पीएसजीको जितमा रूसी गोलकिपर मात्वेई सफोनोभ नायक बने। उनले पेनाल्टी सुटआउटमा फ्लेमेन्गोका लगातार चार पेनाल्टी बचाउँदै टोलीलाई उपाधि दिलाए। खेल सकिएलगत्तै सफोनोभलाई उनका सहकर्मीहरूले मैदानमै हावामा उचालेर उत्सव मनाएका थिए।

यो उपाधिसँगै पीएसजीले सन् २०२५ मा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ। यो वर्ष पीएसजीको यो छैटौँ ट्रफी हो। यसअघि उसले डेस च्याम्पियन्स, फ्रेन्च लिग, फ्रेन्च कप, च्याम्पियन्स लिग र युएफा सुपर कप जितिसकेको छ।

खेलको ३८औँ मिनेटमा ख्भिचा क्वारात्स्खेलियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। तर ६२औँ मिनेटमा जोर्जिन्होले पेनाल्टीलाई गोलमा परिणत गर्दै फ्लेमेन्गोलाई खेलमा फर्काएका थिए। त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पीएसजीको यो जितले युरोपेली क्लब फुटबलमा उसको दबदबालाई थप बलियो बनाएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.