राष्ट्रिय टेबलटेनिस : प्रकाशलाई स्वर्ण
काठमाडाैँ। काठमाडौं महानगरपालिका वडा १६ का प्रकाश धाक्वाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् ।
स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा प्रकाशले काठमाडौं २ का अशोक शर्मालाई ११–९, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । धरान १२ का राजन सुब्बा र तान्सेन ३ का शेखर श्रेष्ठ तेश्रो भए ।

टिप्पणी लेख्नुहोस्