दोश्रो मातृभूमि कप : मातृभूमि सेमिफाइनलमा
काठमाडाैँ। आयोजक मातृभूमि स्कुल ‘ए’ दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मातृभूमि ‘ए’ ले काठमाडौं वल्र्ड स्कुललाई ५७–२९ ले पराजित ग¥यो । मातृभूमि ‘ए’ का आरभ जोशीले १६ अंक जोडे । ब्वाइजकै अर्को लिग खेलमा इनोभेटिभले बौद्ध इन्टरनेसनल स्कुललाई ५१–३९ ले हरायो । इनोभेटिभका पृथ्वी डगौराले २७ स्कोर गरे ।
गल्र्समा केएमसी र काष्ठमण्डपले सेमिफाइनलमा स्थान सुरक्षित गरे । केएमसीले बौद्ध इन्टरनेसनललाई ३२–२२ ले पाखा लगायो । केएमसीकी अकृषा घिमिरेले २४ अंक जोडिन् । काष्ठमण्डपले इनोभेटिभलाई ३६–१५ ले पन्छायो । काष्ठमण्डपकी कस्वीले १३ स्कोर गरिन् ।
गल्र्समा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा काष्ठमण्डपको भेट बौद्ध चिल्ड्रन हेभेन स्कुलसंग हुनेछ भने मातृभूमिले चेल्सी वल्र्ड स्कुलको सामना गर्ने छ ।

टिप्पणी लेख्नुहोस्