लेख विवरण

आईओएफटिसी तेक्वान्दो सुरु

आईओएफटिसी तेक्वान्दो सुरु

काठमाडौँ, पुस ३ गते । १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) बिहिबार सुरु भएको छ । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो भएको छ ।

आईओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत बिहिबार नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक छ स्वर्ण पदक जित्योे । १५ देखि १७ वर्ष तौल समूहअन्तर्गत पुरुषतर्फ अनिल तामाङ र महिलातर्फ सलिना कार्की पहिलो भए । यी दुवै नेप्लिज तेक्वान्दोका हुन् । यसैगरी नेप्लिज तेक्वान्दोका अन्य खेलाडीमा नारायणलाल कर्णले ५० वर्ष माथि कलर, रितन श्रेष्ठले १२–१४ वर्ष कलर, मिङमा तामाङले १२–१४ वर्ष पहेँलो बेल्ट र सुप्रिम पुडासैनीले १२–१४ वर्ष ब्लयाक बेल्टमा स्वर्ण पदक जिते ।

यसैगरी अमेरिकाकी निभा महर्जन आठ वर्षमुनि रेडमा च्याम्पियन बनिन् । १८ देखि ३२ वर्ष महिलामा अमेरिकाकी इडि क्वान र पुरुषमा चन्द«ागिरी तेक्वान्दो डोजाङका उद्धव पौडेलले स्वर्ण पदक जिते । यसैगरी युवराज कार्कीले ९–११ वर्ष उमेर समूहमा चन्द«ागिरीलाई स्वर्ण पदक दिलाए । ३२ देखि ४९ वर्ष उमेर समुहमा एनआरएनए मलेसियाका गणेशबहादुर खड्का तथा ५० वर्षमाथि ब्लयाक बेल्टमा सहदेव श्रेष्ठ विजेता बने ।

यसअघि कुकिवनका प्रशिक्षक मिन हाक सिओले पुम्से सेमिनार सञ्चालन गरेका थिए । प्रतियोगिताअन्तर्गत शुक्रबार र शनिबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा थप दुई सय स्वर्ण, दुई सय रजत र चार सय काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.