ललित स्मृति एन्फा यू–१८ युथ लिग पुस १५ देखि सुरु हुने
काठमाडौँ, पुस ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने ललित स्मृति एन्फा यू–१८ युथ लिग फुटबल प्रतियोगिता आगामी २०८२ पुस १५ गतेदेखि एन्फा कम्प्लेक्स, सातदोबाटोमा सुरु हुने भएको छ।
प्रतियोगितासम्बन्धी छलफलका लागि आज सम्पन्न बैठकले प्रतियोगिताको सुरु मिति तय गरेको हो। बैठकमा एन्फा महासचिव किरण राई, केन्द्रीय सदस्य तथा प्रतियोगिता संयोजक विकास नारायण श्रेष्ठ, सिइओ इन्द्रमान तुलाधर, प्रवक्ता सुरेश शाह तथा ए डिभिजन क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यसैबीच, प्रतियोगितामा सहभागी हुन चाहने क्लबहरूका लागि दर्ता म्याद २०८२ पुस ६ गतेसम्म थप गरिएको एन्फाले जनाएको छ।

टिप्पणी लेख्नुहोस्